एसइईमा ३७ हजार ९१८ विद्यार्थीले कमर्शियल म्याथम्याटिक्समा ए प्लस

काठमाडौं,असार १३ । हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजाअनुसार कमर्शियल म्याथम्याटिक्स (वैकल्पिक गणित) विषयमा ३७ हजार ९१८ विद्यार्थीले ए प्लस (A+) ग्रेड हासिल गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित नतिजाअनुसार वैकल्पिक गणित विषयलाई रोजेका विद्यार्थीहरूमध्ये उल्लेख्य संख्याले उत्कृष्ट ग्रेड ल्याएका हुन्।
उल्लेखनीय संख्यामा विद्यार्थीले ए प्लस ल्याउनुले वैकल्पिक विषयको लोकप्रियता र तयारीको स्तर बढेको संकेत मिलेको शिक्षा क्षेत्रका विज्ञहरूले बताएका छन्।
यस वर्ष एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।