एसईई नतिजामा सुधार : उत्तीर्ण प्रतिशत ६१.८१ पुगे



काठमाडौं,असार १३ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उल्लेखनीय सुधार देखिएको छ।

गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए भने, यस वर्ष यो प्रतिशत बढेर ६१.८१ पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

उत्तीर्ण प्रतिशतमा करिब १४ प्रतिशतको वृद्धि हुनु शिक्षा क्षेत्रमा सकारात्मक संकेतको रूपमा हेरिएको छ।

शिक्षाविद्हरूले यसलाई विद्यालय तहमा पठनपाठन र मूल्यांकन प्रणालीमा सुधार आएको संकेतका रूपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्