एसईई नतिजामा पृथ्वी माविको उत्कृष्ट नतिजा : योगेश्वरले ल्याए ४.०० जीपीए

नुवाकोट,असार १३ । नुवाकोटको विदुर नगरपालिका–स्थित पृथ्वी माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि उत्कृष्ट नतिजा हासिल गरेको छ।
विद्यालयका योगेश्वर आचार्यले पूर्ण ४.०० ग्रेड पोइन्ट एभरेज (GPA) ल्याउँदै विगत वर्षहरूको सफलताको निरन्तरता कायम गरेका छन्।
जम्मा ९१ जना विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये ५७ जनाले ३.६ भन्दा माथिको जीपीए (A+) ल्याएका छन्। २८ जनाले ३.२ देखि कम ३.६ (A) ग्रेड ल्याएका छन् भने ५ जनाले २.८ देखि कम ३.२ (B+) ग्रेड ल्याएका छन्। १ जना विद्यार्थी ननग्रेडेड (NG) भएका छन्।
विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।