नुवाकोटका तीन विद्यार्थीले पाए एसइईमा ४ जीपीए



नुवाकोट,असार १४ । नुवाकोट जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा तीन जना विद्यार्थीले सबैभन्दा उच्च ग्रेड ४ जीपीए ल्याउन सफल भएका छन्।

हालसम्म प्राप्त विवरणअनुसार विदुरस्थित पृथ्वी माध्यमिक विद्यालयका योगेश्वर आचार्य, बट्टारस्थित अर्किड एकेडेमीका रोहित श्रेष्ठ र किस्पाङ गाउँपालिका वडा नम्बर २ स्थित ज्ञानज्योति माध्यमिक विद्यालयका वसन्त भट्टले ४ जीपीए प्राप्त गरेका हुन्।

प्राप्त नतिजाले विद्यालयको प्रतिष्ठा मात्र नभई जिल्लाको शैक्षिक स्तरलाई समेत गौरवान्वित बनाएको भन्दै चर्चा चलेको छ। उनीहरूलाई विद्यालय परिवार, शिक्षक, अभिभावक र जिल्लावासीले बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्