नुवाकोटको एसईई नतिजा: ५८.८२ प्रतिशत सफलता दर (पूरा विवरण)

नुवाकोट, असार १४ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नुवाकोट जिल्लाबाट जम्मा ३६७० विद्यार्थी सहभागी भए। परीक्षा परिणाम अनुसार ५८.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
जिपिए विवरण अनुसार: ३.६० देखि ४.०० जिपिए ल्याउने २०९ जना, ३.२० देखि ३.६० ल्याउने ५६५ जना, २.८० देखि ३.२० ल्याउने ८१६ जना, २.४० देखि २.८० ल्याउने ५३२ जना, २.०० देखि २.४० ल्याउने ३७ जना रहेका छन्। १.६० देखि २.०० ल्याउने विद्यार्थी भने छैनन्। यसैगरी १५११ विद्यार्थी ग्रेड विहीन भएका छन्।
जिल्लाबाट वसन्त भट्ट, दिप्सन सुवेदी,योगेश्वर आचार्य र रोहित श्रेष्ठले ४.०० जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन्।
