अन्तर्राष्ट्रिय वृक्षारोपण दिवसमा विदुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न



नुवाकोट, असार १४ – अन्तर्राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय नुवाकोटको आयोजनामा विदुर नगरपालिकाका चार स्थानहरूमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। सो कार्यक्रममा विदुर–८ स्थित पञ्चकन्या धार्मिक वनमा विशेष रूपमा रुद्राक्ष, चुवा, चाप, पारिजात लगायतका सुन्दर र सौन्दर्य झल्काउने विरुवा रोपण गरिएको छ।

यस अवसरमा नगरप्रमुख राजन श्रेष्ठले कार्यक्रममा उपस्थित हुँदै वृक्षारोपण गर्दे वातावरण संरक्षण तथा वन क्षेत्रको महत्वपूर्णता औँल्याउन। साथै डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख रोशना पोखरेल, वडा नं ८ का वडाध्यक्ष कलम श्रेष्ठ, सामुदायिक वन समितिका पदाधिकारी, उपभोक्ता तथा स्थानीय बासिन्दाहरूले पनि सक्रिय सहभागिता जनाएका थिए ।

कार्यक्रमले वातावरणीय सन्तुलनमा योगदान पुर्‍याउने उद्देश्यका साथै भावी पुस्ताका लागि हरित छाप रहने कार्यलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूले वृक्षारोपणलाई मात्र नभई त्यसको दिगो व्यवस्थापनमा पनि स्थानीय तहबाट निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समापन समारोहमा सबै सहभागीले वृक्षारोपणलाई निरन्तर राख्न र हेरचाह गर्न स्थानीय बासिन्दालाई समेत आह्वान गरिएको थियो, जसले दीर्घकालीन वातावरणीय समृद्धिलाई सुनिश्चित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्