विदुरमा दुई करोड लागतमा सडक स्तरोन्नति कार्यको अवलोकन



नुवाकोट,असार १४ । विदुर नगरपालिका–8 “पहरेखोप हुँदै राइसिङ जाने सडकको स्तरोन्नति र ढलान कार्य”को अवलोकन निरीक्षण गरिएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको विशेष पहलमा प्रदेश सरकारबाट प्राप्त एक करोड र विदुर नगरपालिकाबाट थप एक करोड गरी चालु आर्थिक वर्षमा दुई करोड लागतमा उक्त सडक निर्माण कार्य अघि बढाइएको हो।

नगरप्रमुख राजन श्रेष्ठ, वडा नं ८ का अध्यक्ष कमल श्रेष्ठ लगायतका स्थानीय सरोकारवालाको उपस्थितिमा जारी निर्माण कार्यको निरीक्षण गरिएको हो। नगरप्रमुख श्रेष्ठले निर्माणलाई थप तीव्र बनाउन र तोकिए अनुसार गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्