प्रधानमन्त्री ओली स्पेन प्रस्थान



काठमाडौं,असार १४ । प्रधानमन्त्री केपी शर्मा ओली २१ सदस्यीय प्रतिनिधिमण्डलसहित स्पेनको सेभिया प्रस्थान गरेका छन् ।

उनी संयुक्त राष्ट्रसंघको संरक्षणमा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । सम्मेलनका विभिन्न सत्रमा प्रधानमन्त्री ओलीले विकास, जलवायु वित्त, अल्पविकसित राष्ट्रहरुको अवस्था लगायत विषयमा सम्बोधन गर्नेछन् ।

भ्रमणका क्रममा उनले स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेज, संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस, इजिप्ट र पोर्चुगलका प्रधानमन्त्री लगायत नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

साथै नेपाली समुदायसँगको भेटघाट, रियल म्याड्रिड क्लबको भ्रमण र विभिन्न औपचारिक कार्यक्रममा समेत सहभागी हुने तालिका छ। प्रधानमन्त्री ओली असार १९ गते स्वदेश फर्किनेछन ।

प्रतिक्रिया दिनुहोस्