नुवाकोटमा एसइईमा असफल भएपछि युवकले गरे आत्महत्या

नुवाकोट, असार १४ । नुवाकोटको पन्चकन्या गाउँपालिका-३ राउटारका स्थानीय इश्वर थापाका छोरा वर्ष १७ का रञ्जन थापाले एसइई परीक्षामा असफल भएको कारण आत्महत्या गरेका छन्।
युनिभर्सल बोर्डिङ स्कुलबाट एसइई दिएका थापाले परीक्षाफल सार्वजनिक भएपछि दुई विषयमा पूरक लागेको भन्दै परिवारसँग निराशा व्यक्त गर्दै आएका थिए।
छोराको चिन्ता देखेपछि मृतककी आमाले रातभरै छोरालाई सम्हालिरहेकी थिइन् तर बिहान घरबाट निस्किएर उनले घर नजिकै झुन्डिएर आत्महत्या गरेका हुन्। घटनाले गाउँ शोकमा डुबेको तादी प्रहरीले साझापथलाई जानकारी दिएको छ ।