नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा हस्ताक्षर अभियान सुरु



नुवाकोट, असार १४ । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले पार्टी सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक प्रतिसोधका बाबजुद सरकारले जेलमा हालेको आरोप लगाउँदै हस्ताक्षर अभियान सञ्चालन गरेको छ।

पार्टीका स्थानीय नेताहरूले लामिछानेमाथि लगाइएको आरोपलाई झुटा र मनगढन्ते भन्दै सर्वसाधारणबाट समर्थन जुटाउन हस्ताक्षर सङ्कलन अभियान थालेका हुन्। शनिवार नुवाकोटको ढुङ्गे र बट्टारमा हस्ताक्षर संकलन गरिएको थियोे ।

अभियानमार्फत सरकारको कदमको विरोध जनाउँदै लामिछानेलाई रिहा गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्