कम्युनिष्ट आन्दोलनमा विचलन आएको प्रचण्डको टिप्पणी

काठमाडौं,असार १४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए।
उनले कम्युनिष्ट पार्टी स्थापना भएर अघि बढ्दा जुन आदर्शको निम्ति जनताको सेवा गर्ने प्रतिवद्धता गरिएको थियो, अहिले त्यो अनुसार आन्दोलन अघि बढ्न नसकेको जिकिर गरे।
अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका लागि तँछाडमछाड भइरहेको उनले बताए।