नुवाकोटको लिखुमा एमाले नेताहरुको उपस्थितिमा धान दिवस मनाइयो



नुवाकोट,असार १५ – नेकपा (एमाले) केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवराज पाण्डे, केन्द्रीय सदस्य बिन्दा ढुंगाना, पार्टी जिल्ला अध्यक्ष तथा पूर्वमन्त्री बद्री मैनालीसहित पार्टीका बागमती प्रदेश कमिटी, जिल्ला कमिटी तथा पार्टी सम्बद्ध जनवर्गीय संगठनका नेताहरुको उपस्थितिमा नेपाली मौलिक परम्परागत धान दिवस कार्यक्रम सम्पन्न भएको छ।

२०८२ असार १५ गते लिखु गाउँपालिका वडा नम्बर ६ मा आयोजित उक्त कार्यक्रममा स्थानीय किसानहरुको उत्साहजनक सहभागिता रह्यो। नेताहरुले धान रोपाइँ गर्दै किसानको पौरख र कृषिमा आधारित समाजका महत्वका बारेमा मन्तव्य व्यक्त गरे।

कार्यक्रममा परम्परागत गीत, नाच र विशेष सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो। एमाले नेताहरुले कृषक वर्गलाई सम्मान गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन राज्यको लगानी र सहुलियत नीतिहरुको आवश्यकता रहेको बताए।

प्रतिक्रिया दिनुहोस्