दुप्चेश्वरमा २२औं राष्ट्रिय धान दिवस भव्य रूपमा सम्पन्न

नुवाकोट,असार १५ ।दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरबेशीमा ‘धान वालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ २२औं राष्ट्रिय धान दिवस कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा किसान, जनप्रतिनिधि, महिला समूह, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको दौरान धान रोपाइँको प्रर्दशन, कृषक सम्मान, खाद्य सुरक्षामा स्थानीय उत्पादनको महत्वबारे छलफल र सांस्कृतिक प्रस्तुती समेत गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले धान उत्पादनमा आत्मनिर्भर बन्ने सन्देश दिएका थिए।