नुवाकोटमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न



नुवाकोट, असार १५ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नुवाकोट र धान जोन सञ्चालन समन्वय समिति नुवाकोटको संयुक्त आयोजनामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८२ उत्साहका साथ सम्पन्न भएको छ।

“धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ धमला कृषि फर्म, लिखु २, चारसय गैरीमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कृषि विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा धान बालीको प्रवर्द्धन, उन्नत प्रविधिको प्रयोग र खाद्य सुरक्षामा स्थानीय उत्पादनको भूमिकाका विषयमा छलफल र प्रदर्शन समेत गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्