त्रिशूली अस्पतालमा डायलासिस मेसिन उपलब्ध

नुवाकोट, असार १६ । त्रिशूली अस्पतालमा डायलासिस मेसिन उपलब्ध भएको छ । डायलासिस गरिरहनुपर्ने बिरामीहरूका लागि सुखद खबर भएको अस्पताल श्रोतले जनाएको छ। अस्पतालले एक सूचना जारी गर्दै अत्यन्तै महत्वपूर्ण दुईवटा डायलासिस मेसिन उपलब्ध भएको जनाएको हो ।
यी मेसिनहरूको व्यवस्थापन बागमती प्रदेश सरकार, मुख्य मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाको सहकार्यमा गरिएको हो। यस महत्वपूर्ण योगदानका लागि त्रिशूली अस्पताल परिवारले बागमती प्रदेश सरकार र सम्बन्धित निकायप्रति उच्च सम्मान र धन्यवाद व्यक्त गरेको छ।
यी मेसिनको उपलब्धतापछि मिर्गौला सम्बन्धि समस्याबाट पीडित बिरामीलाई सहज र प्रभावकारी उपचार सेवा प्राप्त हुने आशा गरिएको छ।