पिएसजी (PSG) पहिलो पटक युरोपको च्याम्पियन्स लिग विजेता



काठमाडौं,जेठ १८ । युरोपको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग (UEFA Champions League) को उपाधि फ्रान्सको क्लब पेरिस सेन्ट-जर्मेन (PSG) ले पहिलो पटक जित्न सफल भएको छ। जर्मनीको म्युनिखमा सम्पन्न फाइनल खेलमा PSG ले इटालीको इन्टर मिलान (Inter Milan) लाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो।

खेलभर उत्कृष्ट प्रदर्शन गरेको PSG ले सुरुदेखि नै खेलमा दबदबा कायम राख्दै पाँच गोल गर्न सफल भयो भने इन्टर मिलान गोलरहित रह्यो। यो जितसँगै PSG ले क्लबको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो।

यूईएफए च्याम्पियन्स लिगको इतिहासमा स्पेनको रियल म्याड्रिड (Real Madrid) सबैभन्दा सफल क्लब मानिन्छ। उसले हालसम्म १५ पटक उपाधि जित्दै कीर्तिमान कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्