रहेनन् वरिष्ठ साहित्यकार गणेश रसिक

काठमाडौं,जेठ १८ । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकको निधन भएको छ।
अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८१ बाट सम्मानित रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको हो ।
७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरले पीडित थिए ।
रसिककी एक मात्र छोरी छिन् । उनी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिने छ ।