आज कति छ सुनचाँदिको मूल्य ?



काठमाडाैं,जेठ १९ । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य स्थिर रहेकाे छ ।  आइतबार ताेलामा ३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य साेमबार स्थिर रहेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतिताेला १ लाख ८८ हजार ८०० रूपैयाँमा काराेबार भइरहेकाे छ । हिजाे पनि सुन साेहि मूल्यमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदी पनि आइतबारकै मूल्य प्रतिताेला १ हजार ९ सय ८५ रूपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्