नुवाकोटका १२ स्थानीय तहलाई ४५२ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन

नुवाकोट,जेठ १९ — चालु आर्थिक वर्षमा नुवाकोट जिल्लाभित्र रहेका १२ वटै स्थानीय तहलाई कूल ४५२ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ। प्राप्त विवरणअनुसार जिल्लामध्ये सबैभन्दा बढी बजेट विदुर नगरपालिकाले पाएको छ, जसलाई ६१ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ। दोस्रो धेरै बजेट प्राप्त गर्नेमा बेलकोटगढी नगरपालिका रहेको छ, जसलाई ५२ करोड ४४ लाख रुपैयाँ प्राप्त भएको छ।
त्यसपछि ककनी गाउँपालिकाले ३८ करोड ५४ लाख रुपैयाँ पाएको छ भने दुप्चेश्वर गाउँपालिकाले ३७ करोड ६८ लाख रुपैयाँ प्राप्त गरेको छ। शिवपुरी गाउँपालिकाले ३५ करोड ३५ लाख रुपैयाँ र लिखु गाउँपालिकाले ३० करोड ४८ लाख रुपैयाँ बजेट प्राप्त गरेका छन्। त्यसैगरी, तादी गाउँपालिका र सूर्यगढी गाउँपालिकाले क्रमशः २९ करोड १० लाख र २९ करोड ४ लाख रुपैयाँ प्राप्त गरेका छन्।
म्यागङ गाउँपालिकाले २६ करोड १८ लाख रुपैयाँ, पञ्चकन्या गाउँपालिकाले २५ करोड ८० लाख रुपैयाँ, तारकेश्वर गाउँपालिकाले २३ करोड ८६ लाख रुपैयाँ र किस्पाङ गाउँपालिकाले २३ करोड ३७ लाख रुपैयाँ बजेट पाएका छन्।
स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा अन्य विकास निर्माणका क्षेत्रमा विनियोजित बजेट सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यस बजेटले जिल्लाका विकास योजनाहरूलाई गति दिने अपेक्षा गरिएको छ।
नुवाकोटको स्थानीय तहको बजेट (लाखमा)
