आरसीबीले जित्यो पहिलोपल्ट आइपिएलको उपाधी, १८ वर्षपछि विराट कोहलीको ऐतिहासिक सफलता



अहमदाबाद, जेठ २१ —इन्डियन प्रिमियर लिग (IPL) को १८ औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले पञ्जाब किङ्स (PBKS) लाई ६ रनले हराउँदै इतिहास रच्दै पहिलो पटक उपाधि उचालेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल खेलमा आरसीबी (RCB)ले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाब किङ्स २० ओभरमा १८४ रनमै सीमित भयो। पञ्जाबका लागि शशांक सिंहले अन्तिमसम्म संघर्ष जारी राख्दै अविजित ६१ रनको शानदार इनिङ खेले पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।

यस जितसँगै आरसीबी (RCB) ले १८ वर्षको प्रतिक्षा तोड्दै पहिलो पटक आइपिएल (IPL) को च्याम्पियन बन्न सफल भयो। प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गरेका कप्तान विराट कोहलीको नेतृत्वमा टोलीले ऐतिहासिक सफलता हात पार्‍यो। यस उपाधिले कोहलीको लामो आइपिएल (IPL) करियरलाई एउटा सशक्त सन्तोषजनक मोड दिएको छ।

आरसीबी (RCB) समर्थकहरूका लागि यो जित एक ऐतिहासिक क्षण बनेको छ भने क्रिकेटप्रेमीहरूका लागि विराट कोहलीको समर्पण र धैर्यको प्रतीक बनेको छ।

प्रतिक्रिया दिनुहोस्