सामाजिक विकृति विरुद्ध पञ्चकन्या बाल क्लबको चेतनामूलक र्याली सम्पन्न

नुवाकोट,जेठ २१– सामाजिक विकृति र समस्याहरूको विरुद्धमा जनचेतना फैलाउने उद्देश्यले आज पञ्चकन्या बाल क्लब र पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीहरूको सक्रियतामा एक चेतनामूलक र्याली आयोजना गरिएको छ।
र्याली पञ्चकन्या गाउँपालिका क्षेत्रको विभिन्न स्थानहरूमा परिक्रमा गर्दै सामाजिक विकृति र दुष्प्रभावका विरुद्ध जनचेतना फैलाउने नारासहित सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, उपाध्यक्ष विमला के.सी., साथै अन्य जनप्रतिनिधि र पालिकाका कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो।
र्यालीको माध्यमबाट बालबालिकामा सामाजिक उत्तरदायित्व र सचेतनाको भावना विकास गर्ने तथा समुदायमा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखिएको आयोजकले बताएका छन्।