विदुर नगरपालिकामा ‘विश्व वातावरण दिवस–२०८२’ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

विदुर, जेठ २२ – विश्व वातावरण दिवस–२०८२ को अवसरमा विदुर नगरपालिकाको आयोजनामा नगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन परिसरको खुला स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत फूल तथा फलफूलका विभिन्न बिरुवाहरू रोपिएका छन्।
उक्त कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्दै नागरिकमा पर्यावरणप्रतिको चेतना अभिवृद्धि गर्नु रहेको आयोजकहरूले जनाएका छन्।