विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता



विराटनगर,जेठ २२ । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता भएका छन् । उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार अपरान्ह ४ बजे दुई गोताखोर सप्तकोशीमा बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपद्मा परेकाहरूलाई उद्धार गर्नका लागि सप्तकोशीमा अभ्यास गरेको थियो ।

अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका– १ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा बगेर बेपत्ता भएका हुन् ।

उनीहरूको खोजीका लागि सुनसरी र सप्तरीबाट प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्