नुवाकोट किस्पाङका अपाङ्गता भएकालाई घरमै स्वास्थ्य परीक्षण

नुवाकोट,जेठ २२ । नुवाकोटको किस्पाङ गाउँपालिकाले अपाङ्गता भएकाहरूलाई घरमै स्वास्थ्य परीक्षण गरेको छ । यस वाट सम्बन्धित कार्यालयसम्म पुग्न नसकेका अशक्तहरूलाई सुविधा पुगेको छ ।
किस्पाङ गाँउपालिकाले अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण गरेको हो । पहिलो चरणमा त्रिशूली अस्पताल नुवाकोटमा कार्यरत डा. कैलाश विश्वकर्मासहितको टोलीले जना अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था परीक्षण गरेको किस्पाङ गाँउपालिका कार्यालय काहुलेले जनाएको छ ।
हाल १२ जना अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था चेकजाँच गरिएको गाँउपालिका उपाध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए । उनका अनुसार कपितय अपाङ्गता भएकाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो ।
यसलाई निरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर शाहीको भनाई छ । सम्बन्धित कार्यालयसम्म जान नसकेका अपाङ्गता भएकाहरूले सुविधा पाएका हुन् ।