लिखुको महेन्द्र महेशदेव माविमा आत्महत्या न्युनिकरण तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम



नुवाकोट,जेठ २३ – जिल्लाको लिखु गाउँपालिकाको आयोजनामा र महेन्द्र महेशदेब माध्यमिक विद्यालय, लिखु–६ को संयोजन तथा कोशिश नेपालको प्राविधिक सहयोगमा आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

महेन्द्र महेशदेव माविमा भएको कार्यक्रममा कक्षा ८, ९ र १० का छात्र-छात्राहरूले सहभागिता जनाएका थिए। कार्यक्रम लिखु गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सुमन भण्डारीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष शुभद्रा अधिकारीको प्रमुख आतिथ्यतामा तथा विद्यालयका प्रधानाध्यापक मदन श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा लिखु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भिमबहादुर रोक्का, पालिकाका कर्मचारीहरू, कोशिश नेपालका मनोविद तथा मानसिक परामर्शकर्ता, विद्यालयका शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। मानसिक स्वास्थ्यप्रति जागरुकता फैलाउने र आत्महत्या न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम सफल र प्रभावकारी भएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्