सगरमाथा आरोहण गर्ने नुवाकोटका सिप बहादुर तामाङलाई माओवादी केन्द्रद्वारा सम्मान



नुवाकोट, जेठ २३ —नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–४ साल्मे निवासी सिप बहादुर तामाङलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले विशेष सम्मान गरेको छ।

यही जेठ ५ गतेका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) सफलतापूर्वक आरोहण गरेका तामाङलाई थप उर्जा र प्रेरणा प्रदान गर्ने उद्देश्यले सो सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा समितिका पदाधिकारीहरू, राजनीतिककर्मी, समाजसेवी तथा तामाङका परिवारजनको समेत उपस्थिति रहेको थियो। समितिले उनको साहस, आत्मबल र दृढ संकल्पको प्रशंसा गर्दै युवापुस्तामा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा व्यक्त गरेको छ।

तामाङले यसअघि पनि विभिन्न हिमाल आरोहण गरेका अनुभवहरू भए तापनि सगरमाथा सफलतापूर्वक चढ्नु उनका लागि विशेष उपलब्धि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्