प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता जेठ २९ गतेदेखि सुरु हुने



नुवाकोट,जेठ २४ – विदुर नगरपालिकाको आयोजनामा ‘प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’ यही जेठ २९ गतेदेखि सञ्चालन हुने तयारीमा रहेको छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न अहिले नगरपालिकाका विभिन्न वडा कार्यालयहरूमा खेलाडीहरूको नाम दर्ता तथा छनोट प्रक्रिया तीव्र रूपमा जारी छ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडीहरूले आफ्ना सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। नगरपालिकाले सबै खेलप्रेमी युवाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दै सम्बन्धित वडामा शीघ्र निवेदन दिन अनुरोध गरेको छ।

नगरप्रमुखको नेतृत्वमा आयोजना हुन लागेको यो प्रतियोगिता युवाबीचको आपसी सम्बन्ध, खेलकुदप्रतिको रुचि अभिवृद्धि तथा प्रतिभा पहिचानका लागि एउटा महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्