नुवाकोटको शिवपुरी गाउँपालिका–४ ले विषादी तथा कीटनाशक औसधि वितरण गर्दै



नुवाकोट, जेठ २४ —नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–४ सिक्रेमा कृषकलाई लक्षित गर्दै विषादी तथा कीटनाशक वितरण गरिने भएको छ। आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत वडाले तरकारी फसल तथा खाद्यवालीमा देखिने रोग र किराको नियन्त्रणका लागि आवश्यक औषधि वितरण गर्न लागेको हो।

वडा कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार, उक्त विषादी तथा कीटनाशकहरु २०८२ साल जेठ २४ गतेदेखि २९ गतेसम्म वितरण गरिनेछ। वितरण कार्य वडाको कार्यालयबाटै हुने जनाइएको छ।

वडा सचिव तोपमान श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “फसलमा देखिएको समस्या अनुसार जरा, काण्ड, पात, हाँगा वडामा ल्याई देखाइ आवश्यक औषधि वितरण गरिनेछ।”

कृषकले ५० प्रतिशत अनुदानमा औषधि प्राप्त गर्न सक्नेछन् भने बाँकी लागत आफैंले व्यहोर्नुपर्नेछ। आवश्यक जानकारीका लागि वडामा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्