पब्लिक ईग्लिस स्कुल झोरमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

काठमाडौं,जेठ २४ — पब्लिक ईग्लिस सेकेन्डरी स्कुल, टोखा १ झोरले एक भव्य कार्यक्रम आयोजना गरी स्वागत तथा पुरस्कार वितरण गरेको छ। कार्यक्रममा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको हो ।
कार्यक्रममा विद्यालयका शिक्षक विकास तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । साथै, विद्यालयका प्रिन्सिपल बासुदेव दुलालले टाेखा नगरपालिकाभित्र पब्लिक ईग्लिस सेकेन्डरी स्कुललाई उत्कृष्ट शिक्षालय बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विद्यालय निरन्तर प्रयत्नशील रहेको जानकारी दिए ।
हाल पब्लिक ईग्लिस सेकेन्डरी स्कुलमा मन्टेश्वरीदेखि कक्षा १० सम्म ६५० विद्यार्थीहरू अध्ययनरत छन्।