अमेरिकाको भर्जिनियामा चार नेपालीको हत्या, दुई बालबालिका र दुई वयस्कको ज्यान गयो



काठमाडौं,जेठ २४ । अमेरिकाको भर्जिनिया राज्यस्थित मानसास पार्क क्षेत्रको एक घरमा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन्। बिहीबार भएको उक्त घटनामा दुई बालबालिका र दुई वयस्कको गोली लागेर मृत्यु भएको हो।

स्थानीय प्रहरीका अनुसार घटनास्थलमा २ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन्। चारै जनाको शरीरमा गोली लागेको देखिएको छ।

एनबीसी वासिङ्टन अनलाइनका अनुसार प्रहरीले घटनालाई हत्या वा आत्महत्याको कोणबाट अनुसन्धान गरिरहेको छ। घटनास्थलबाट एक थान बन्दुक बरामद गरिएको छ।

छिमेकीहरूका अनुसार मृतक परिवार करिब ६ महिनाअघि नेपालबाट अमेरिका गएका थिए। घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्