लाङटाङ हाफ म्याराथनकाे उपाधि सोलुखम्बुका कुलुङले जिते

रसुवा,जेठ २५ । लाङटाङ हाफ म्याराथनकाे उपाधि सोलुखम्बुका मिलन कुलुङले जितेका छन् । लाङटाङको क्यान्जिन देखि स्याफ्रुबेसि सम्मकाे ३२ किलोमिटर लामो लाङटाङ हाफ म्याराथन काे उपाधि कुलुङले हात पारेका हुन । उक्त हाफ म्याराथनमा विशाल राई दोस्रो, अर्जुन कुलुङ राई तेस्रो भएकाे रसुवा नुवाकाेट पर्यटन समाजले बताएकाे छ ।
त्यस्तै कृष्ण सिं बोगटि चौथो र गोपाल तामाङ पाँचौ भएका थिए ।महिला तर्फ सुनसरी रोकाया प्रथम लाक्पा निमा शेर्पा दाेस्राे र निर्मला राई तेस्राे भएकी छिन् ।
यस्तै चौथो आङपुर्बा शेर्पा र पाँचौ प्रिया राई भएको समाजका अध्यक्ष बलराम न्याैपानेले बताए । तेस्राे पर्यटकीय पदमार्ग रहेको लाङ्टाङ क्षेत्रकाे पर्यटन प्रबर्द्धन तथा प्रचार प्रसार गर्ने उदेश्य ले लाङटाङ हाफ म्याराथन आयोजना गरिएकाे हाे ।
याे प्रतियाेगिताकाे आयाेजना रसुवा नुवाकोट पर्यटन समाजले गरेकाे हाे । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरि ६७ जनाले सहभागिता जनाएका थिए ।
म्याराथनमा प्रथम द्वत्तिय र तृतिय हुने प्रतियोगिलाई क्रमशः एक लाख, पच्चतर हजार र पचास हजार रुपैयाँ रहेको छ । त्यसैगरी चौथो र पाँचौ हुने प्रतियोगीले क्रमशः पच्चिस हजार तथा पन्ध्र हजार रुपैयाँ पाउने छन् ।
लाङटाङ ट्रेल रन प्रतियोगिता सहभागी महिला तथा पुरुष दुवैलाई समान पुरस्कारको ब्यवस्था गरिएको छ।