गोरखा सदरमुकाममा आज देखी प्रदेश स्तरीय ट्राफिक सप्ताह कार्यक्रम सुरु

गोरखा,जेठ २५ । गोरखा सदरमुकाममा आज देखी प्रदेश स्तरीय ट्राफिक सप्ताह कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की र गोरखा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले भोली देखी ‘प्रदेश स्तरीय ट्राफिक सप्ताह’ सुरु भएको प्रहरी नायव निरीक्षक राजेन्द्र पौडेलले बताए ।
सप्ताहको पहिलो दिन आज सदरमुकाममा रहेको खेलकुद मैदान देखी पञ्चे बाँजा सहितको प्रभात फेरी निकालिएको थियो । प्रभात फेरीले लोकतान्त्रिक चोक, शक्ति चोक हुँदै बजारको विभिन्न भाग परिक्रममा गरेर जिल्ला समन्वय समितिको सभा हलमा आएर टुगिंएको थियो ।
प्रभात फेरीमा ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय, सदरमुकामका विभिन्न स्कुलका साथै, सामाजिक सङ्घ संस्थाहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सर्व साधारण र नेपाल स्काउटको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमको पहिलो दिन जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले शक्ति माध्यमिक विद्यालयका १ जना छात्रालाई हेलमेट लगाई दिएर कार्यक्रमको सुरुवात भएको जानकारी गराएका थिए ।
जेठ २५ गते आइतबारदेखि सुरु भएको सप्ताह जेठ ३१ गते शनिवार विशेष कार्यक्रम सहित समापन हुने छ । प्रहरी नायव निरिक्षक पौडेलका अनुसार सप्ताह भरी स्वयम सेवक परिचालन गरेर प्रशिक्षण दिने, ग्रामीण क्षेत्र लक्षित कार्यक्रम, सडक प्रयोग कर्ताहरूलाई प्रशिक्षण, जिल्ला भित्र चल्ने सवारी साधनका चालक र सह–चालकहरूलाई प्रशिक्षण र स्वास्थ्य परीक्षण तथा जिल्ला भित्र क्रियाशील सञ्चारकर्मीहरू सँग अन्तरक्रिया सहित ३१ गते सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको सम्झनामा साँझ दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिएको प्रनानि पौडेलले जानकारी दिए ।