तादी गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न



नुवाकोट,जेठ २५ – तादी गाउँपालिकाको पञ्जिकरण सेवा इकाईको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा विशेष अतिथिको रूपमा वडा अध्यक्षहरू अश्मिन कुमार पाण्डे, सरोज भण्डारी, सिरमान तामाङ, प्रवक्ता शर्मिला उप्रेती, कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, कार्यक्रम प्रशिक्षक राजिव राई, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी, विद्यालयका प्रतिनिधि शिक्षक, वडा सचिवहरू तथा सहायक कम्प्युटर अपरेटरहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ताको विषयमा सहभागीहरूलाई जानकारी दिनुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रशिक्षक राजिव राईले पञ्जिकरण प्रणाली, प्रक्रिया र व्यावहारिक पक्षहरूबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्