दाङ बखरीया दुर्घटनामा दुईजनाको मृत्यु



दाङ,जेठ २५ । दाङमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान पौने ११ बजे दंगीशरणको गोल्टाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको यात्रुवाहक बस बखरिया ओरालोमा पल्टिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनामा परी  दंगीशरण २ की अन्दाजी ४२ वर्षीया शान्ता खड्का चौधरी र वडा नम्बर ४ का ६० वर्षीय नारायण भण्डारीको उपचारका क्रममा मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले पुष्टि गरेको हो। अन्य घाइतेहरूको उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्