श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ समापन



विदुर, जेठ २५ । विदुर नगरपालिका वडा नं. ८ स्थित पञ्चकन्या मन्दिरमा यही जेठ १७ गतेदेखि सञ्चालनमा आएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको समापन गरिएको छ। समापन कार्यक्रम विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

समापन समारोहमा नगरप्रमुख श्रेष्ठले कथावाचक पण्डित दिपकप्रसाद पौडेल लगायत मन्दिरको संरक्षण तथा महायज्ञ सञ्चालनमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरे।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले पञ्चकन्या मन्दिरको संरक्षण र प्रवद्र्धनमा विदुर नगरपालिकाको निरन्तर सहयोग रहने बताउँदै आगामी वर्ष मन्दिरको पूर्वाधार विकासका लागि थप रु १० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना पञ्चकन्या मन्दिर संरक्षण समिति र स्थानीय भक्तजनको सक्रिय सहभागितामा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्