लोकतान्त्रिक निर्माण व्यवसायी संघ नुवाकोटको प्रथम जिल्ला भेला एवं अधिवेशन जेठ २८ गते

नुवाको,जेठ २५ — लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नुवाकोटले आफ्नो प्रथम जिल्ला भेला तथा अधिवेशन यही जेठ २८ गते, बुधवारका दिन हुने भएको छ।
“स्तरीय निर्माण हाम्रो प्रतिवद्धता, लोकतान्त्रिक निर्माण व्यवसायीहरुको एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा जिल्लाभरिका निर्माण व्यवसायीहरूको सहभागिता रहनेछ।
कार्यक्रम बिहान ८:०० बजेबाट सुरु हुनेछ भने नेपाली कांग्रेस पार्टी कार्यालय भवन, बिदुर, नुवाकोटमा आयोजना गरिनेछ।
संघले यस कार्यक्रममार्फत निर्माण व्यवसायीहरूबीचको सहकार्य, अनुभव आदानप्रदान तथा संघको औपचारिक संरचना निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ।
यस भेला तथा अधिवेशनले जिल्लाका निर्माण व्यवसायीहरूलाई लोकतान्त्रिक मूल्य र सिद्धान्तमा आधारित भएर अघि बढ्न थप उत्प्रेरणा दिने अपेक्षा गरिएको छ।