दुप्चेश्वर ४ मा रुडेक नेपालको सहयोगमा  कृषकलाई कृषिजन्य सामग्री वितरण



नुवाकोट,जेठ २५ । दुप्चेश्वर गाउँपालिका–४ अन्तर्गत पाखागाउँ, गोल्फु, भञ्ज्याङ, माप्ले, तोङ्चे, ढोडनी, होइमाङ र पुरगाउँका कृषकहरूले तरकारी खेतीमा उपयोगी सामग्री प्राप्त गरेका छन्। ग्रामीण विकास केन्द्र नेपाल (RUDEC नेपाल) को सहकार्यमा आयोजित कार्यक्रममा कृषकलाई कृषिजन्य सामग्री वितरण गरिएको हो।

नयाँबस्तीमा आयोजित उक्त कार्यक्रममा सहभागी भई कृषिजन्य सामग्री प्राप्त गर्ने अवसर पाएका कृषकहरूले खुसी व्यक्त गर्दै RUDEC नेपालप्रति आभार व्यक्त गरेका छन्। सामग्री वितरण कार्यक्रमले स्थानीयस्तरमा व्यावसायिक तरकारी खेतीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक समूह तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्