युइएफए (UEFA) नेशन्स लिगको उपाधि पुनः पोर्चुगललाई



जर्मनी,जेठ २६ । युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता UEFA Nations League को उपाधि पोर्चुगलले दोस्रो पटक जितेको छ। जर्मनीको म्युनिखमा सम्पन्न रोमाञ्चक फाइनलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि थपिएको अतिरिक्त समय पनि गोलरहित रह्यो। खेलको निर्णय अन्ततः पेनाल्टी सुटआउटमार्फत भएको थियो, जहाँ पोर्चुगलले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई पछि पार्‍यो।

यससँगै पोर्चुगलले UEFA Nations League को उपाधि दोस्रो पटक जित्न सफल भएको हो। यसअघि उसले सन् २०१९ मा पहिलो संस्करणको उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्