नुवाकोट शिवपुरीकी एक महिला बेपत्ता, परिवारद्वारा खोजी गरिदिन आग्रह



नुवाकोट, जेठ २६। जिल्लाको शिवपुरी गाउँपालिका–६, खोलेगाउँकी २७ वर्षीया सर्मिला श्रेष्ठ परियार यही जेठ १५ गते बिहानदेखि बेपत्ता भएकी छिन् । खेतमा काम गर्न जाने भन्दै घरबाट निस्केकी उनी त्यसपछि हालसम्म सम्पर्कविहीन भएकी छिन्।

बेपत्ताको जानकारी पाएलगत्तै परिवारजनले स्थानीय प्रहरी प्रशासनमा निवेदन दिँदै खोजी कार्य अघि बढाउन अनुरोध गरेका छन्। सर्मिला अचानक सम्पर्कविहीन हुनुले परिवारलाई गहिरो चिन्तामा पारिदिएको छ।

उनका एक दुधे बालक र एक छोरी आमाको पर्खाइमा बिचल्लीमा रहेका छन्। पीडामा रहेका परिवारजनले सर्मिलालाई देख्ने वा जानकारी हुने जो–कसैले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्