नुवाकोट दुप्चेश्वरका ६४ जना कृषकलाई तरकारी उत्पादनका सामग्री वितरण

नुवाकोट,जेठ २७ – गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत दुप्चेश्वर गाउँपालिका–४ का विभिन्न बस्तीका कृषकहरूलाई तरकारी उत्पादनका लागि आवश्यक सामग्री वितरण गरिएको छ।
गोल्फुभञ्ज्याङ, नयाँ बस्ती, पुर गाउँ, होइमाङ र ढुडेनिबाट ६४ जना कृषकलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि आवश्यक पूर्वाधार सामग्री वितरण गरिएको हो। आइतबार र सोमबार वितरण गरिएको सामग्रीमा टनेल प्लास्टिक, थोपा सिंचाइका लागि ड्रम, गार्डेन पाइप, काटछाटको लागि सिकेचर, प्लास्टिक क्रेट लगायतका सामग्री समावेश छन्।
सामग्री वितरण कार्यक्रम दुप्चेश्वर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङ र वडा सदस्य फुलमाया तामाङको उपस्थितिमा सम्पन्न भएको थियो।
यस कार्यक्रममार्फत कृषकहरूको आत्मनिर्भरता तथा व्यावसायिक कृषि उत्पादनमा टेवा पुग्ने विश्वास लिइएको छ।