बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना ठहर भएका प्रतिवादी पुतली सडकबाट पक्राउ

काठमाडौं,जेठ २७। बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले सोमबार काठमाडौंको पुतली सडकबाट पक्राउ गरेको छ ।
उनलाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार डिल्ली बजार कारागार चलान गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कञ्चनपुरको भिमलत्त नगरपालिका १ का राम बहादुर बिष्ट रहेका छन् । ३९ बर्षीया राम बहादुरविरुद्ध उच्च अदालत पाटनले ७ दिन कैद, २० हजार रुपैयाँ जरिवाना र ८० हजार क्षतिपूर्ति भराउने फैसाला गरेको गियो ।