दुप्चेश्वर धाममा भगवान बुद्धको प्रतिमा प्रतिस्थापन, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा



नुवाकोट,जेठ २७ — प्रसिद्ध दुप्चेश्वर धाम परिसरमा मंगलबार एक विशेष समारोहबीच भगवान बुद्धको प्रतिमा प्रतिस्थापन गरिएको छ।

समारोहको उद्घाटन दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापा, उपाध्यक्ष एमटी स्याङ्तान तथा प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष बिरबल तामाङले संयुक्त रूपमा गरेका हुन् ।

प्रतिमा प्रतिस्थापन कार्यमा विशेष सहयोग पुर्‍याउनु भएका नकर्मी सेवा समाज र जितेन्द्र नकर्मीप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्। कार्यक्रममा दुप्चेश्वर क्षेत्र विकास कोष र नकर्मी सेवा समाजबीच संयोजनको भूमिका निर्वाह गर्ने शुनिल मोक्तानलाई समेत धन्यवाद दिइएको थियो।

उक्त पहलले दुप्चेश्वर क्षेत्रको धार्मिक र सांस्कृतिक महत्व थप उजागर गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्