नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै, ७२ जिल्लामा डेङ्गी सङ्क्रमण

काठमाडौं,जेठ २७ । छिमेकी देश भारतसंगै नेपालमा पनि कोरोना संक्रमणक बढ्दै गए पछि आवश्यक सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन। यता सरकारले भने हाल नेपालमा पनि देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट अघिल्ला भेरियन्टहरूजस्तो घातक नभएको जनाएको छ ।
यसले गम्भीर स्वास्थ्य समस्या सृजन गर्ने सम्भावना कम भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्न र सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
छिमेकी मुलुक भारतमा सोमबार बिहानसम्म कोभिडका कारण ६५ जनाको मृत्यु भएको र करिब ७ हजार जना संक्रमित भएको समाचार सार्वजनिक भएको छ।
नेपालमा भने १६ जना मात्र सक्रिय संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
यसवाट आत्तिन पर्ने अवस्था भने बनिनसकेको महाशाखाको भनाई छ । तर संक्रमण फैलन नदिन सावधानी भने अपनाउनु भने जरुरी रहेको महाशाखाले जनाएको छ । सीमा नाकाहरुमा भारतवाट आउनेहरुमा संक्रमण देखिनेक्रम बढे पछि अहिले सिमा नाकाहरुमा कडाई गरिएको छ ।