विश्वकप क्रिकेट लिग–२ : अन्तिम खेलमा नेपालद्वारा नेदरल्यान्ड्स १६ रनले पराजित



काठमाडौं,जेठ २८ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै शानदार जीत हात पारेको छ।

स्कटल्यान्डमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो। नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रनको चुनौती प्रस्तुत गर्‍यो।

नेपालका लागि आरिफ शेखले ८४ रनको उत्कृष्ट पारी खेले भने बलिङतर्फ सन्दीप लामिछाने र नन्दन यादवले समान ३-३ विकेट लिएर विपक्षी टोलीलाई दवाबमा राखे।

लक्ष्य पछ्याएको नेदरल्यान्ड्स टोली ४९.२ ओभरमै २२० रनमा अलआउट हुन पुगेपछि नेपालले १६ रनको जित दर्ता गर्न सफल भयो।

यससँगै नेपालले शृङ्खलामा खेलेका ४ खेलमध्ये ३ मा विजय हासिल गर्दै लिग २ मा आफ्नो प्रदर्शन प्रभावशाली बनाएको छ।

प्रतिक्रिया दिनुहोस्