गुर्जे-खोलेगाउँ, मानेभञ्ज्याङ–दुप्चेश्वर सडक आज पूर्ण रूपमा बन्द



नुवाकोट, जेठ २८। गुर्जे–मानेभञ्ज्याङ–दुप्चेश्वर सडक खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–६ को अशोक पसलदेखि लप्सेपुलसम्मको करिब ४ किलोमिटर पक्की सडक कालोपत्रे सम्पन्न भएको छ ।

कालोपत्रे सम्पन्न भएपनि आज (बुधबार) ठाउँ–ठाउँमा ट्राफिक संकेत राख्नुपर्ने भएकाले सडक पूर्ण रूपमा बन्द गरिएको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठले बताए। यस अवधिमा यो सडक प्रयोग गर्ने सम्पूर्ण सवारी साधनलाई वैकल्पिक मार्ग गुर्जे-छहरे मार्ग प्रयोग गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

यसअघि शिवपुरी गाउँपालिका वडा नं. ६ स्थित खोलेगाउँ हुँदै मध्यपहाडी लोकमार्ग जोड्ने सो सडक खण्ड जेठ ९ गतेदेखि १५ गतेसम्म एक सातासम्म कालोपत्रेका लागि सवारी सञ्चालनका लागि बन्द गरिएको थियो।

बागमती प्रदेश सरकारअन्तर्गतको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयबाट प्राप्त बजेटमा कालोपत्रे कार्य सम्पन्न भएको यस सडक अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्