बुधबार १३०० रुपैयाँले बढ्यो सुनकाे मूल्य, चाँदी स्थिर



काठमाडौं,जेठ २८ । बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । हिजाे ताेलामा ६०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आजप्रतितोलामा १३०० रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियाे ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार तोलामा २ हजार १६५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्