पोखरामा प्याराग्लाइडिङ्ग अवतरण गर्ने क्रममा दुर्घटना, चार जनाको सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार



काठमाडौं,जेठ २८ । पोखरामा प्याराग्लाइडिङ्ग अवतरण गर्ने क्रममा दुर्घटनामा परेका चार जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेका दुई वटा प्याराग्लाइडिङ्ग अवतरणका क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेका थिए।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीअन्तर्गत फेवा रेस्क्यु टावरमा खटिएको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो।

उद्धार गरिएकामध्ये भारतको बनारसका ४१ वर्षीय अकलेश यादव र ३५ वर्षीय चन्दनकुमार पटेल रहेका छन्। साथै, अग्नि प्याराग्लाइडिङ्गका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाइ प्याराग्लाइडिङ्गका पाइलट २८ वर्षीय विश्वास अधिकारी पनि उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्