गगटे–शेरा सडकको स्तरउन्नति कार्य प्रारम्भ



नुवाकोट, जेठ २८ – विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको विशेष आग्रह तथा पहलमा मध्यपहाडी लोकमार्गअन्तर्गत विदुर नगरपालिका भित्र पर्ने गगटे–शेरा सडकखण्डको स्तरउन्नति तथा कालोपत्र गर्ने कार्य सुरु गरिएको छ।

निर्माण व्यवसायीले उक्त सडकखण्डको सुधार कार्यको जिम्मेवारी लिएसँगै आजदेखि औपचारिक रूपमा प्रारम्भ गरिएको हो। हाल प्रारम्भिक चरणमा खाल्डाखुल्डी पुर्ने, ग्राबेल हाल्ने तथा अन्य आवश्यक स्तरोन्नति कार्यहरू तीव्र रूपमा अगाडि बढाइने जनाइएको छ।

निर्माण व्यवसायीले बर्खा यामपछि उक्त सडकमा कालोपत्रे कार्य पूर्णरूपमा सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। यस कार्यले स्थानीय यातायात तथा जनजीवन सहज हुने नगरवासीहरूको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्