एयर इन्डियाको विमान दुर्घटना

नयाँदिल्ली,जेठ २९ । अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेको छ ।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार विमान लन्डन उडान भर्ने क्रममा दुर्घटनामा परेको हो । विमानमा करिब २४२ यात्रु सवार रहेको जनाइएको छ ।
यस्तै, दमकल घटनास्थलमा पुगेको छ भने आपतकालीन प्रतिक्रिया टोलीहरू खटाइएको भारतीय सञ्चार माध्यमले जनाएको छ । दुर्घटनाको कारण भने अझै पुष्टि भएको छैन ।