असार १५ मै शिक्षा विधेयक पारित हुन्छ: गृहमन्त्री लेखक

काठमाडौं,जेठ २९ । गृहमन्त्री रमेश लेखकले शिक्षक र सरकारबीच भएको सहमति अनुसार असार १५ गते नै विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन्।
नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधिसभामा बोल्दै उनले शिक्षाकर्मीको आन्दोलनले विद्यार्थीलाई सडकदेखि कक्षा कोठासम्म सिकाउने पाठ दिएको उल्लेख गरे।
गृहमन्त्री लेखकले नेपाली कांग्रेस शिक्षकका मागप्रति एकमत रहेको र सरकार विधेयक पारित गर्न प्रतिबद्ध रहेको बताए। उनले केही व्यक्तिको नियोजित राजनीतिक पूर्वाग्रहले सदन अवरुद्ध भएको आरोपसमेत लगाए।
“शिक्षकसँगको सहमति अनुसार नै विधेयक अगाडि बढाउनेछौँ,” उनले भने, “असार १५ भित्रै पारित गर्ने तयारी छ।”
अख्तियारको अनुसन्धानका नाममा सदन अवरुद्ध हुनु दुःखद भएको मन्त्री लेखकको भनाइ थियो।